बेबिलोनमा नारायणगोपाल स्मृति साँझ

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । बेबिलोन नेसनल स्कुल शान्तिनगरका विद्यार्थीले स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यलाई सम्झिँदै विद्यालयमा बुधबार उनको २८ औं स्मृति साँझ मनाएका छन् । बेबिलोन स्कुलका निर्देशक, गायकतथा संगीत गुरु प्रकाश आचार्यको पहलमा बेबिलोनमा पहिलोपटक बेबिलोन स्व.नारायण गोपाल साँझ आयोजना गरिएको हो ।

कार्यक्रममा विद्यालयका संगीत शिक्षक तथा गायक प्रकाश आचार्य, सागर गौतम, मोतिकला राई, जानुका सुवेदीका साथै विद्यार्थीहरु प्रज्ज्वल आचार्य, विक्रम कार्की र कृतिका तामाङले स्वर्गीय स्वरसम्राटका २ दर्जनभन्दा बढी कालजयी गीत गाएका थिए ।

उनीहरुलाई हार्माेनियममा विद्यालयका संगीत शिक्षक सागर गौतम, तवलामा न्हुच्छेलाल महर्जन, बाँसुरीमा माधव त्रिपाठी र गीतारमा पुजन त्रिपाठीले साथदिएका थिए ।

यसअघि विद्यालयका प्रिन्सिपल राजु राई, निर्देशक आचार्य, अन्य निर्देशक, शिक्षक तथा विद्यार्थीले स्व.स्वरसम्राटको तस्वीरमा माल्यापर्ण गरेका थिए । कार्यक्रममा वरिष्ठ गीतकार नारायणकुमार आर्चाय पनि सहभागी थिए ।