बैंकर अशोक शेरचन लगाएत व्यवसायीलाइ विभूषित गर्ने सरकारको निर्णय

title
बुधबार, अशोज ३, २०७५

काठमाडौं । सरकारले संविधान दिवशको अवसरमा प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन लगाएत व्यवसायीहरुलाई राष्ट्रिय पदक घोषणा गरेको छ । शेरचनलाई प्रवल जनसेवा श्री चतुर्थ दिइने भएको छ ।

त्यसैगरी सहकारी आन्दोलनका अगुवा केशव बडाललाई सुप्रवल जनसेवा श्री तृतीय, उद्यमीहरु हरिभक्त शर्मा, हेमराज ढकाल, देविप्रकाश भट्टचन, मीनवहादुर गुरुङ, लोकमान्य गोल्छा र राजेन्द्र मल्ललाई पनि सुप्रवल जनसेवा श्री तृतीय दिइने भएको छ । सरकारले घोषणा गरेको पदक राष्ट्रपतिद्वारा प्रदान गर्ने प्रचलन छ ।