बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी

title
सोमवार, चैत्र ४, २०७५

काठमाडौ । सरकारले बैंक तथा वित्तिय संस्थाहरुलाई नियमन गर्न छुट्टै कानुन बनाउने तयारी गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तिय संस्थाहरुले जथाभावी लगानी गर्ने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले छुट्टै कानुन बनाउने तयारी गरिरहेको जानकारी दिनु भएको हो ।

काठमाडौंको नयाँ बानेश्वरमा नागरिक लगानी कोषको कार्यालय भवन शिलान्यास कार्यक्रममा उहाँले पूँजी बजारमा लगानी बढाउन पनि कोषलाई निर्देशन दिनु भयो । उहाँले सरकारी बैंक तथा वित्तिय संस्थाहरुले मौद्रिक बजारमा लगानी गर्न नपाउने तर्फ पनि सचेत गराउनु भयो । आयआर्जन हुने क्षेत्रमा लगानी गरेर नागरिक लगानी कोषले पूँजी बजारको विस्तारमा योगदान दिनुपर्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

अर्थमन्त्री खतिवडाले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि नागरिक लगानी कोषको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।