बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने गभर्नरको प्रतिवद्धता

title
आइतवार, पुस ८, २०७५

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुलाई प्रविधियुक्त बनाउन मानव संशोधनको विकासमा पनि जोड दिइएको उहाँले स्पष्ट पार्नुभयो । आइृतवार काठमाडौंमा आयोजित एक अन्तराष्ट्रिय स्तरको बैंक तथा वित्तिय संस्थाहरुको कार्यशालालाई सम्बोधन गर्दै उहाँले बैंकहरुलाई पछिल्ला विकसित प्रविधी र पर्याप्त जनशक्तिसहितको सेवा दिन आग्रह गर्नुभयो ।

गभर्नर नेपालले प्रविधिको प्रयोगमा जोड नदिने बैंक तथा वित्तिय संस्थाहरु आधुनिक बजारमा टिक्न नसक्ने पनि स्पष्ट पार्नुभयो ।