बैतडीमा आगलागीबाट एकै घरका तीन जनाको मृत्यु

title
बिहिबार, जेष्ठ ९, २०७६

बैतडी । बैतडीमा गएराती आगलागी हुँदा एकै घरका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ बर्षीय छोरा मनोज लुहार रहेका छन् ।

पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका उनीहरुको राति एक्कासी टहरमा आगो लाग्दा ज्यान गएको हो । आगलागीको कारण खुल्न सकेको छैन । राति १० बजेको समयमा आगलागी भएको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलेर मृत्यु भइसकेको जनाएको छ ।