
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा ब्याज अनुदानका लागि ११ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।
विदेशबाट नेपाल रेमिट्यान्स पठाउने नेपालीहरुलाई प्रोत्साहन गर्न रेमिट्यान्समा ब्याज दिने व्यवस्था यो वर्षपनि निरन्तर हुने छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष ब्याज अनुदानका लागि साढे ११ अर्ब रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।