ब्राउन सुगरसहित दुई जना पक्राउ

title
सोमवार, साउन ७, २०७५

झापा । झापाको काकँडभिट्टाबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ६ निवासी २३ वर्षीय केशरमान राई र दमक नगरपालिका ९ निवासी २० वर्षीय रुपा पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।
उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ६ स्थित बसपार्क क्षेत्रबाट १५ ग्राम ब्राउन सुगरसहित उनीहरुलाई आइतबार बेलुका पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय काकडभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए।