जोडिनुहोस
  • होमपेज
  • ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने

ब्रोइलर कुखुराको भाउ बढ्यो, अब प्रतिकिलो १५ रुपैयाँ महँगो पर्ने

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ एक महिनामै प्रतिकिलो १५ रुपैयाँसम्म बढाएको छ । जिउँदोमा प्रतिकिलो र १० र तयारी मासुमा प्रतिकिलो १५ रुपैयाँका दरले भाउ बढाइएको हो । भाउ बढाएसँगै संघले जिउँदो कुखुराको मूल्य प्रतिकेजी २३० र तयारी मासुको मूल्य प्रतिकेजी ३१५ रुपैयाँ निर्धारण गरेको छ । बजारमा भने जिउँदो कुखुरा र तयारी मासु दुबैको भाउ अहिले नै संघले तोकेभन्दा बढी छ । छाता संस्थाले नै भाउ बढाएपछि बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य थप बढ्नेछ । जाडो बढेको र बिहेको लगन परेका महिनामा बढी खपत हुने हुँदा कुखुुराको भाउ वर्षेनी बढ्ने गर्छ । तर, चिसोका बेला उत्पादन भने घट्ने गर्छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Découverte de Betify Casino – Analyse 14