
भक्तपुर– भक्तपुरमा सोमबार एक पुरुष झुन्डिएको अवस्थामा फेला परेका छन् ।
मध्यपुर ठिमी नगरपालिका ९ निकोशेराकाे रुपा राउतको साढे दुई तला घरको भुईँ तलामा डेरा गरी बस्ने एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ ।
सिन्धुपाचोक सुनकोशी गाउँंपालिका– १ घर भएका ३० वर्षीय विशन खनाल मृत अवस्थामा भेटिएका हुन् ।
बिहान अबेरसम्म नउठेपछि पुगेको प्रहरी वृत्त ठिमीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक प्रदिप गौतमको टोलीले ढोका फुटाएर भित्र हेर्दा खनाल आफै सुत्ने पलङको डन्डीमा सेतो खादाको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएका हुन् ।