भक्तपुरमा प्रहरी इन्काउन्टर, २ जना मारिए

title
सोमवार, साउन २१, २०७५

भक्तपुर । भक्तपुरको ठिमीमा आज प्रहरी इन्काउन्टरमा परी २ जना ‘अपहरणकारी’ को मृत्यु भएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार आईतबार साँझ काँडाघारीबाट अपरहणमा परेका बालकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठिमीमा अपहरणकारी लुकेको सूचना आएको र उनीहरूलाई खोज्दै गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा अजय तामाङ र गोपाल तामाङ रहेको प्रहरीले जनाएको छ ।