भक्तपुरमा बर्डफ्लु, २ हजार ९ सय कुखुरा नष्ट

title
बिहिबार, चैत्र २१, २०७५

सुशीलबन्धु थापा, भक्तपुर । भक्तपुरको दधिकोट वडा नं. १ स्थित तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।

२८ हप्ता पुगेका फार्मका कुखरामा एच.वान.एन .वान बर्डफ्लुको भाइरस पत्ता लागेपछि २ अजार ९ सय ८५ कुखुरा र १ सय पँचास केजी दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका वरिष्ठ डा. चन्द्र ढकालले जानकारी दिनुभयो ।

वरिष्ठ पशु विकास समितिका अधिकृत नारायण बहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गर्ने काम भएको हो ।

वरिष्ठ डा. ढकालका अनुसार चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि निःसङ्कक्र्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको बताइएको छ ।