भदौ १ देखि लागु हुने ऐन बारे महिला पुरुषले बुझ्नै पर्ने तथ्य (भिडियोसहित)

title
बुधबार, साउन ३०, २०७५

काठमाडौँ । गाली बेइज्जती गरे दुई वर्ष कैद, बीस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय । राज्यद्रोह गरे पाँच वर्ष कैद । अखण्डताविपरीत कार्य गरे तीन वर्ष कैद र तीस हजार रुपियाँ जरिवाना । प्रत्येक अंशियार अर्थात छोरा अथवा छोरी पैत्रिक अंशको समान हकदार ।

छोराछोरी हुनेले धर्मसन्तान राख्न नपाउने । व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराए पाँच वर्ष कैद र ५० हजार रुपियाँसम्म जरिवाना, भदौ १ देखि कार्यान्वयनमा आउने नयाँ मुलुकी (संहिता) ऐनले यस्ता धेरै परिवर्तित् समाजका समस्या संवोधन गरेको छ जुन यसअघी प्रचलनमा रहेको मुलुकी ऐनले परिकल्पना नगरेका सामाजीक बिकृति थिए ।

नयाँ मुलुकी ऐनले अब पैसाका लागि धनि केटा खोजेर बिहे गर्ने, निश्चित् समयपछि अंश मुद्धा हाल्ने र छोड पत्र गरेर आधार सम्पत्ती लिएर जाने बिकृतिलाई समेत संवोधन गरेको छ ।