भारतीय रेल्वे लिकमा शव भेटिएका छात्राहरुको कोठामा ‘सुसाइड नोट’

title
मङ्लबार, माघ २९, २०७५

वीरगञ्ज – भारतीय रेल्वे लिकमा शव भेटिएका दुई नेपाली छात्राको कोठामा ‘सुसाइड नोट’ फेला परेको छ। घटनास्थल र भारतीय समकक्षीलाई भेटेर आएका पर्सा प्रहरीले वीरगञ्ज रानीघाटमा ती छात्रा बस्ने कोठा फोरेर खानतलासी गर्दा सुसाइड नोट पाएको हो ।

प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘भित्र पस्नासाथ देखिने गरी सुसाइड नोट राखिएको थियो ।’ पर्साको कालिमाई गाउँपालिका –२ भेडिआरीकी निभा कुमारी र सोही गाउँपालिका –३ हरिहरपुरकी किरण चौरासियाको शव आइतबार बिहान सीमावर्ती रक्सौल–सुगौली खण्डको कनमा ढाला नजिकै क्षतविक्षत अवस्थामा फेला परेको थियो ।

एक जनाको घाँटी र अर्कोको दुवै घुँडा माथिको भाग छिनेको थियो । रातो मसीले लेखिएको सुसाइड नोटमाथि रातो गुलाब र घडी राखिएको थियो । सुसाइड नोटमा कसैलाई आरोप लगाइएको छैन । यो समाचार आजको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेका छन् ।