भाजपा नेता जोलीको आरोप– इपीजी प्रतिवेदन बनाउने विषयमा सम्बन्धित पक्षसँग कुनै छलफल भएन

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौँ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले ईपीजीको प्रतिवेदन तयार पार्नको लागि नेपाल–भारत सम्बन्धका जानकार र सम्बन्धित पक्षहरुसँग कुनै छलफल नगरिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा उहाले सम्बन्धित पक्षसँग छलफल नै नगरी बनाईएको प्रतिवेदनको कुनै सार्थकता नरहेको पनि बताउनुभयो ।

आफू ईपीजीका भारत र नेपाल दुवै तर्फका सदस्यहरुको काम गराइबाट पूर्णतः असन्तुष्ट रहेको गुनासो उहाले बताउनुभयो । नेता जोलीले आफू विगत १८ वर्षदेखि नेपाल–भारत द्धिपक्षीय सम्बन्धबारे जानकार रहेको र आफ्नो नेपालसँग अति नै निकट सम्बन्ध रहेको धारणा पनि राख्नुभयो ।

उहाले नेपाल भारत सम्बन्ध अन्य भन्दा पृथक रहेको भन्दै यसलाई अझ प्रगाढ रुप दिनुपर्ने जिकिर गर्नुभयो । नेपालको बिकासमा भारतको सहयोग निरन्तर हुने उहाको बिश्वास छ । नेपालको शिक्षा , स्वास्थ्यको क्षेत्रमा पनि भारतले नेपाललाई सहयोग गर्ने उहाले बताउनुभयो ।