भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस

title
सोमवार, कार्तिक २६, २०७५

काठमाडौं । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यलाई सिफारिस गरेको स्राेतले बताएकाे छ ।

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । यसअघि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय भए पनि नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आएको थिएन ।

यस्तै बैठकले मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डे र यूएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ ।