भारतको उत्तरप्रदेशमा बस दुर्घटना, २९ जनाको मृत्यु, २० घाइते

title
सोमवार, असार २३, २०७६

भारत- उत्तरप्रदेशस्थित यमुना एक्सप्रेस वेमा आज(साेमवार) बिहान भएको बस दुर्घटनामा २९ जनाको ज्यान गएको छ ।

आज(साेमवार) बिहान साढे ४ बजे ५० जना यात्रु सहितको बस अनियन्त्रित भएर नालीमा खसेको अधिकारीहरुले जनाएका छन् । दुर्घटनामा कम्तीमा २० यात्रु घाइते भएका छन् । केहि घाईतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आगरा प्रहरीका एस.एस.पी बबलु कुमारले जनाएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगराबाट ३१ किमी टाढा चौगान गाउँ नजिकै युपी रोडवेजको जनरथ सेवा बस लखनऊबाट दिल्ली जाने क्रममा दुर्घटनामा परेको हो ।

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुख व्यक्त गर्दै पीडितका लागि हरसम्भव सहयोग गर्न निर्देशन दिएका छन् । रोडवेजले मृतकका परिवारलालाई ५ लाख रूपैयाँ सहयोगको घोषणा गरेको छ ।