भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु

title
आइतवार, माघ २०, २०७५

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा कयौँ घाइते भएको अधिकारीहरुले जनाएका छन् । आइतबार बिहान जोगबनीबाट दिल्लीको लागि छुटेको सिमाञ्चल एक्सप्रेसको रेल दुर्घटना भएको हो । यो दुर्घटना हाजिपुर बटवाडा रेलमार्गको महनार र सहदोई स्टेशनको बीचमा भएको भारतीय संचार माध्यमले जनाएका छन् ।