भारतको ७२औं स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ मनाइयो

title
बुधबार, साउन ३०, २०७५

काठमाडाैं । नेपालस्थित भारतीय दूतावासले भारतको ७२औं स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ मनाएको छ ।

सन १९४७ अगस्ट १५ का दिन भारत स्वतन्त्र भएको सम्झनामा हरेक वर्ष १५ अगस्टलाई भारतले आÏनो स्वतन्त्रता दिवस मनाउँदै आएको छ । त्यसै सन्दर्भमा नेपाल स्थित भारतीय दूतावासले पनि काठमाडौंको लैनचौरस्थित दुतावासमा विशेष कार्यक्रम गरि स्वतन्त्रता दिवस मनायो । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मंजिव सिंह पुरीले भारतीय राष्ट्रपति रामनाथ कोभिन्दको सन्देश पढेर सुनाउनु भएको थियो ।

कार्यक्रममा भारत सरकारका तर्फबाट १ वीर नारी, ७ एकल महिला, ३ स्वर्गीय सैनिकका आफन्त र एक भूतपरुर्व अपांग भारतीय सेनासमेत गरि ५ करोड पैंतीस लाख रुपैया आर्थिक सहयोग र कम्मल वितरण गरिएको थियो ।

नेपालको सामाजिक–साँस्कृतिक विकासमा साझेदारी गर्ने प्रतिबद्धता अनुरुप दुतावास मार्फत भारत सरकारले ६८ वटा पुस्तकालय तथा विभिन्न शैक्षिक संस्थाहरुलाई १७ लाख बराबरको पुस्तक वितरण ग¥यो ।

दूतावासले विभिन्न अस्पताल र गैह्रनाफामुलक परोपकारी संस्था र शैक्षिक संस्थाहरुलाई ३० वटा एम्वुलेन्स र ५ वटा बस पनि वितरण ग¥यो ।