भारतद्वारा अहिलेसम्मकै बढी वजनदार स्याटेलाइट प्रक्षेपण

title
बिहिबार, मंसिर २०, २०७५

बीबीसी । भारतको सबैभन्दा बढी वजनदार स्याटेलाइट जीसेट–११ लाई युरोपेली स्पेस एजेन्सीको प्रक्षेपण केन्द्र फ्रेन्च गयानाबाट बुधवार बिहान अन्तरिक्ष पठाइएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो) का अनुसार जीसेट–११ को तौल ५ हजार ८५४ किलोग्राम रहेको छ । इसरोले अहिलेसम्म आफूले निर्माण गरेको स्याटेलाइटहरु मध्य जीसेट–११ सबैभन्दा बढी वजनदार रहेको पनि बताएको छ ।

उक्त जियोस्टेशनरी स्याटेलाइट पृथ्वीको सतहबाट ३६ हजार किलोमिटर माथि कक्ष (अरबिट) मा रहने छ । जीसेट–११ मा केयु–ब्याण्ड र केए–ब्याण्ड फ्रिक्वेन्सीमा ४० ट्रान्सपोन्डर हुने र तिनीहरुले १४ गिगाबाइट प्रति सेकेन्डसम्मको डेटा ट्रान्सफर स्पीडका साथ हाई ब्याण्डविथ कनेक्टिभिटी दिन सक्ने बताइएको छ ।