एकदिवसीय खेल्न यू–१९ टोली भारत जाँदै

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । भारतमा एकदिवसीय सिरिज खेल्न जाने नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा १५ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ ।

भारत जाने खेलाडीको नाम शुक्रबार सार्वजनिक गरिएको हो । मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो । छनोट भएका खेलाडीमा मोहमद आसिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेस बम, रित गौतम, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा छन् ।

त्यस्तै पवन सराफ, किशोर महतो, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम पनि टिममा परेका छन् । भारत जाने यू—१९ खेलाडी छनोट समितीमा आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, यू—१९ टिमका मुख्य प्रशिक्षक बिनोद कुमार दास थिए भने सुनोज भट्टराई र राजु खड्का रहेका थिए ।