भारतलाई १ खर्ब ७९ अर्बको बिजुली बेच्दै नेपाल

title
शुक्रबार, पुस १३, २०७५

काठमाडौं । नेपाल र भारतबीच बिजुली आदानप्रदान गर्ने सहमति भएको छ । सहमतिअनुसार अब नेपालमा बर्खायाममा खेर जाने बिजुली भारतले लिनेछ भने हिउँदमा भारतले नेपाललाई बिजुली दिनेछ ।

बुधबार नयाँदिल्लीमा भएको सम्झौतामा ऊर्जा बैंकिङ गर्न भारत सहमत भएको हो । यस सहमतिलाई आगामी माघ ९ र १० गते पोखरामा हुने नेपाल भारत जलस्रोत सचिवस्तरीय बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

नेपालमा बर्खायाममा ४ हजार ७ सय ५० मेगावाट बिजुली खेर जाने गरेको छ जसबाट नेपाललाई करिब १ खर्ब ७९ अर्ब घाटा हुने गरेको छ । यस सहमतिसँगै बिजुली खेर जाने तनावबाट विद्युत प्राधिकरण मुक्त भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।