भारतले विभिन्न कार्यक्रम गरी ७० औं गणतन्त्र दिवस मनायाे

title
शनिबार, माघ १२, २०७५

शनिवार भारतले विभिन्न कार्यक्रमका साथ ७० औं गणतन्त्र दिवस मनाएकाे छ ।

गणतन्त्र दिवसका अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतीय समकक्षीलाई शुभकामना सन्देश सहित भारतीय जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।

राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्ना समकक्षीलाई पठाएको सन्देशमा दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

सन् १९५० जनवरी २६ तारिखमा भारतको संविधान लागू भएको थियो । सोही दिनको सम्झनामा भारतले २६ जनवरीको दिन गणतन्त्र दिवस मनाउंदै आएको छ ।