भारतविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियाले जित्यो

title
बुधबार, फाल्गुन २९, २०७५

ऐजेन्सी, अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बुधबार भएको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज तीन दुईले जितेको हो । दिल्लीस्थित कोट्ला क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको २ सय ७३ रनको लक्ष्यसहित ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा अलआउट हुँदै २३७ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले ५६ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । योसंगै रोहितले आफ्नो करियरको ८ हजार एकदिवसीय रन पुरा गरे । यसअघि अष्ट्रेलियाले भारतविरुद्धको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको थियो ।