भारतीय कप्तान कोहलीले हात पारे सीईएटी क्रिकेटका दुई अवार्ड

title
मङ्लबार, बैशाख ३१, २०७६

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सीईएटी क्रिकेट अवार्डमा दुई अवार्ड जितेका छन् । कप्तान कोहलीले ’सीईएटी अन्तराष्ट्रिय क्रिकेटर अफ दि इयर’ र सीईएटी ब्याट्सम्यान अफ दि इयर अवार्ड जितेका हुन्।

त्यस्तै भारतका रोहित शर्माले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटर अफ दि इयर अवार्ड जित्दा टेष्ट क्रिकेटर अफ दि इयर भारतकै चेतेश्वर पुजारा र टी–ट्वान्टी क्रिकेटर अफ दि इयर अष्ट्रेलियाका आरोन फिन्चले जितेका छन् ।

त्यस्तै बलर अफ दि इयर अवार्ड भारतका जस्प्रित बुम्रहले जिते भने टी–ट्वान्टी बलर अफ दि इयरको अवार्ड अफगानिस्तानका राशिद खानले जिते । त्यस्तै आउटस्टान्डिङ पर्फर्मेन्स अवार्ड भारतका कुलदीप यादव, डोमेस्टिक प्लेयर अफ दि इयर अवार्ड आशुतोष अमान र जुनियर क्रिकेटर अफ दि इयर अवार्ड याशाभी जैशवालले हात पारे । यता, अन्तराष्ट्रिय महिला क्रिकेटर अफ दि अवार्ड भारतकी स्मृति मन्धनाले जितिन् ।