मोदीले दिए नेपाललाइ धन्यवाद

title
शनिबार, भदौ १६, २०७५

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेक सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिनु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल सरकारलाई अद्भुत एवं फलदायी बिम्स्टेक सम्मेलन आयोजना गर्न सफल भएको भन्दै ट्वीटर मार्फत धन्यवाद दिनुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमणका बेला नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले देखाउनु भएको न्यानोपन र आत्मियता प्रति पनि आभार प्रकट गर्नुभएको छ ।

बिम्स्टेक सम्मेलनको अवसरमा भएको आफ्नो नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई थप मज्बुत बनाउने प्रधानमन्त्री मोदीले विश्वास ब्यक्त गर्नुभएको छ । उहाँले काठमाडौंको पाशुपत क्षेत्रमा निर्मित नेपाल भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन गर्न पाएकोमा पनि खुसी ब्यक्त गर्नुभएको छ ।