भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएर प्रधानमन्त्री ओली स्वदेश फिर्ता

title
शुक्रबार, जेष्ठ १७, २०७६

काठमाडौ । प्रधानमन्त्री केपी शार्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागि भइ स्वदेश फिर्ता हुनुभएको छ ।

बिहीबार विहान त्यसतर्फ लाग्नुभएका प्रधानमन्त्री ओली बिहीबार साँझको सपथग्रहण समारोहमा सहभागि भएर आज(शुक्रवार) विहान समकक्षी मोदीसँग भेटवार्ता गर्नुभएको थियो । करिव आधाघण्टाको भेटवार्तामा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई दोस्रो कार्यकाल निर्वाचित भएकोमा बधाइ तथा सफल कार्याकालको शुभकामना दिनुभएको थियो ।

त्यस क्रममा मोदीले दुई देशबीचको सदियौँदेखिको सम्बन्धलाई अझै मजबुत बनाउँदै नजिक रहेर काम गर्न चाहेको बताउनु भएको थियो । ओलीले भारतका अन्य नेताहरुसँग समेत अनौपचारिक भेटवार्ता गर्नुभएको थियो ।