भिक्टोरिया तालमा फेरि दुर्घटना, मृत्यु हुनेको सङ्ख्या १ सय ३६ पुग्यो

title
शनिबार, अशोज ६, २०७५

एजेन्सी । भिक्टोरिया फेरी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १ सय ३६ पुगेको छ ।
अफ्रिका महादेशको भिक्टोरिया तालमा भएको फेरी दुर्घटनापछि ८६ जनाको शव फेला परेको तान्जानियाका अधिकारीले जनाएका छन् । युगाण्डा, तान्जानिया र केन्याको सीमामा रहेको विशाल तालमा रहेको उकारा टापुनजिकै फेरी डुबेको हो । सय जना क्षमताको फेरीमा ३ सयभन्दा धेरै यात्रु सवार रहेको जनाइएको छ । तर यात्रुको यकिन सङ्ख्या भने अझै थाहा हुन नसकेको बताइएको छ ।

उद्धारकर्ताले अरु ३७ जनाको उद्धार गरेका छन् । हालसम्म ८६ जनाको ज्यान गएको पुष्टि भइसकेपनि मृतकको सङ्ख्या २ सयसम्म पुग्नसक्ने तान्जिानियाका अधिकारीले जनाएका छन् । फेरीमा सवार मानिसहरुस“ग लाइफ ज्याकेट र अरु सुरक्षाका उपकरण नभएका कारण मानवीय क्षति भएको बताइएको छ ।

फेरीमा ३ सय भन्दा धेरै यात्रु बाहेक सिमेन्ट, खाद्यान्नका बोरा र अन्य मालसामान पनि लादिएको थियो । फेरी दुर्घटनाको कारण बारे केही थाहा हुन सकेको छैन ।