भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक स्वदेश फिर्ता

title
शनिबार, भदौ १६, २०७५

काठमाडौं । बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक स्वदेश फर्कनुभएको छ ।

उहाँ आज बिहान भुटान फर्कनुभएको हो । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री उपेन्द्र यादवले विदाई गर्नुभएको थियो ।

बिमस्टेकमा भाग लिन उहाँ बुधबार नेपाल आउनुभएको थियो । नेपालमा रहँदा उहाँले बिमस्टेक राष्ट्रका प्रमुखहरुसंग छलफल गर्नुभएको थियो ।