भुटानका अन्तरिम सरकार प्रमुख पनि काठमाडौंमा

title
बुधबार, भदौ १३, २०७५

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक०को चौथो शिखर सम्मेलनमा भाग लिन विदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ ।

मंगलबार बिहान भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि उनलाई स्वागत गरेका थिए । वाङचुकलाई नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

बिम्स्टेकको चौथो शिखर सम्मेलन आगामी बिहीबार र शुक्रबार आयोजना हुँदै छ । सम्मेलनमा ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । काठमाडौंमा सोमबार सम्पन्न बिम्स्टेक मुलुकका वरिष्ठ पदाधिकारीको १९ औं बैठकले ऊर्जाको क्षेत्रमा सदस्य मुलुकबीच सहायता अभिवृद्धि गर्न त्यस्तो समझदारीपत्रमा हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गरेको छ । बिम्स्टेक मुलुकका राष्ट्राध्यक्षरसरकार प्रमुखको आगामी बिहीबार र शुक्रबार काठमाडौंमा हुने शिखर बैठकमा उक्त समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

सम्मेलनमा सहभागी हुन हिजो म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आएका थिए । राष्ट्रपति मिन्ट आज लुम्बिनी भ्रमणमा निस्किएका छन्। बिम्स्टेक सम्मेलनका सहभागी हुनेक्रममा श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।