भूकम्पपीडितलाई ३ लाखको सहुलियत ऋण तत्काल दिने

title
सोमवार, अशोज ८, २०७५

रामसुन्दर आचार्य / काभ्रे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भुकम्प पिडितका लागि स्थानिय सरकार संगको साझेदारीमा थप ३ लाख ऋण दिने तयारी गरेको जानकारी दिएका छन् ।

काभ्रेको सदरमुकाम धुलिखेलमा रहेको सञ्जीवनी उमाविको पुननिमार्ण भैरहेको विद्यालय भवन अनुगमनमा आएका ज्ञवालीले सरकारले ३ लाख सहुलियत ऋणको व्यवस्थापन गर्न लागेको जानकारी दिएका हुन् ।

ज्ञवालीले पुर्ननिमाणको काम दु्रत गतिमा लैजानका लागि अब स्थानिय सरकारबाट नै सम्बोधन गरिने गरि काम गरि सकिएको बताए । भुकम्पका कारण क्षति बनेका विद्यालय र अन्य संरचनाहरुको निमार्ण कार्यको गति सुस्त केहि समय भएपनि हाल दु्र्रत गतिमा अगाडी बनेको दावी गरे । नीजि आवास निमार्णका लागि सरकारी निकायबाट कुनै कन्जुस्याइ विना नै काम सम्पन्न गरीने उनले ठोकुवा गरे ।