भूकम्प पीडितको दशैँ

title
बिहिबार, कार्तिक १, २०७५

काभ्रे  ।  २०७२ सालको विनासकारी भुकम्पबाट बस्नेबास गुमाएका भुकम्प पिडितहरुलाइ गएका तिनवटा दशै जस्तै यसपालीको दशै पनि खिन्न भयो । चाडममा टहरामा नै चल्नु पर्दा, दुख मात्रै होइन्, चाडवाडको कुनै आभाष नै नभएको पीडितको गुनासो छ ।

भुकम्प कै कारण कहिले त्रिपालको टहरामा दशैं विताउन बाध्यता थियो त कहिले जस्ताको टहरामा नैं । २०७२ सालकोे विनासकारी भुकम्पले घरको उठिबास लगाएपछि टहरामा बस्ने बासको जोहो गरेका पिडितहरुले यसपटक पनि चाडवाड पनि सुरक्षित घरमा आनन्दले मनाउन पाएनन् ।

भूकम्प पीडितलाई भुकम्प पछिका दशैंको कुनै आभाष नै भएको छैन । मैया मात्रै होइन्, अर्की भूकम्पपीडित चन्द्रावती श्रेष्ठको पनि दुखेसो उहि छ, कहिले जाडो, कहिले वर्षात् त यस्ता चाडवाड लागेपछि मन दुःखी हुने गरेको छ ।

भुकम्प पछि अधिकांश पिडितहरुका दशैं टहराभित्र पिडा लुकाउँदै चल्दै आएको छ । पुनर्निर्माणका लागि कहिले सरकारी अुनदानको अभाव त कहिले पुनर्निर्माणका सामग्रीमा कालोबजारीले समस्या दैनिक जस्तो पेचिलो बन्दै गएको छ ।

महान चाडमा समेत चाडको आभाष नहुने गरि टहराको बासमा रहनु पर्दाको पिडा धेरै नै छ । जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीका अनुसार जिल्लामा ८२ हजार ८ सय ३३ भुकम्प पिडित छन् ।

जस मध्ये ६७ हजार २ सय ५९ परिवारले अनुदान सम्झौता गरेका छन् भने ४४ हजार ८६ परिवारले दोस्रो किस्ताको अनुदान लिइ सकेका छन् ।

अन्तिम किस्ताको रकम १६ हजार १ सय ३४ परिवारले घर सम्पन्न गरेर लिएका छन् । जिल्लाभर १५ हजार ५ सय ७४ परिवारले अनुदान सम्झौता समेत गरेका छैन्न । २ सय २१ परिवारले पुनारावेदनको फाइल बुझाएका छन् ।

जिल्लाका कतिपय भुकम्प पिडितहरुले सरकारले उपलब्ध गराउने अनुदानमा समेत विभिन्न बहानामा काम सम्पन्न हुँदा समेत थप किस्ता नदिएको गुनासो गरेका छन् ।