भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि ड्रोन आक्रमण

title
आइतवार, साउन २०, २०७५

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति मदुरोमाथि ड्रोन आक्रमण गरिएको छ । तर राष्ट्रपति मदुरो आक्रमणबाट जोखिएका छन् ।

भेनेजुएलाको सेनाको ८१ औं वार्षिकोत्सवका अवसरमा राजधानी काराकासमा गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला राष्ट्रपति मदुरोमाथि विस्फोट हुने ड्रोन आक्रमण भएको हो ।

राष्ट्रपतिले सम्बोधन गरिरहेका बेला कार्यक्रमस्थलमा एक्कासी दुई वटा ड्रोन प्रवेश गरेको र त्यसलाई राष्ट्रपतिसहित त्यहाँ उपस्थित भएकाहरुले माथितिर हेर्न थालेका थिए ।

यसै क्रममा ठूलो आवाज सुनिएको थियो । ड्रोन आक्रमणपछि ठूलो संख्यामा सैनिकहरु भाग्दै गरेको दृश्य देखिएको थियो ।

ड्रोन आक्रमणमा परेर सात जना सैनिक घाइते भए पनि राष्ट्रपति भने सकुशल रहेको अधिकारीहरुले जनाएका छन् ।

घटनापछि सुरक्षाकर्मीले अनुसन्धानलाई तिव्रता दिएका छन् । आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।