भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार

title
मङ्लबार, असार २४, २०७६

काठमाडौ । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् ।

सोमबार मध्यरातमा भैंसेपाटीको प्रहरी कारागारको थुनुवा कक्षमा रहेका ३ जना थुनुवा कक्षको रेलिंग काटेर भागेका हुन् । ठाउँ अभावका कारण जावलाखेल प्रहरीमा राख्नुपर्नेमा थुनुवा भैंसेपाटी प्रभागमा राखिएको थियो । फरार हुनेमा लागु औषध कारोबार मुद्धाका रविकुमार तिम्सिना तथा डाँकाचोरी मुद्धाका शम्शेर माझी र
रुद्रलाल श्रेष्ठ छन् ।

उपत्यकामा ठुलो मात्रामा प्रहरी परिचालन गरी फरार थुनुवाको खोजी भइरहेको छ । थुनुवा फरारका बिषयमा प्रहरीले अनुसन्धान थालेको छ भने तत्काल दोषी देखिएका प्रहरी कर्मचारीलाई कारवाही गरिने प्रहरीले जानकारी दिएको छ ।