भ्याकुर खादा १० जना विरामी

title
शनिबार, बैशाख ७, २०७६

तनहुँ । बनबाट ल्याएको भ्याकुर उसिनेर खाँदा तनहुँको व्यास नगरपालिका–१ गल्भुबेंसीका १० जना विरामी परेका छन् । व्यास नगरपालिकाकै कलेस्ती जंगलबाट ल्याइएको भ्याकुर शुक्रबार साँझ उसिनेर खाँदा उनिहरु विरामी परेका हुन् ।

जंगलबाट ल्याएको भ्याकुर खाएको करिब आधा घण्टाको समयमा शरिर चिलाउने, टाउको दुख्ने, मतमत्याउने लगायतका समस्या देखिएपछि उनिहरुलाई तनहुँ सदरमुकाम दमौलीका विभिन्न अस्पतालमा उपचार गराउन ल्याइएको थियो ।

भ्याकुर खाएर विरामी परेका व्यास–१ गल्भुबेंसीका ३५ वर्षीय सीता पहाडी, ३३ वर्षीय खुसी गुरुङ, १२ वर्षीय संगिता गोदार, ४० वर्षीय मायाँ राना, ३१ वर्षीय गुनुमाया गुरुङ, ४० वर्षीय चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ९ वर्षीय सम्पन्न गुरुङ, ५२ वर्षीय श्रीबहादुर गुरुङ र ३६ वर्षीय माया गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

बिरामीहरुको दमौली अस्पतालमा उपचार भईरहेको र उनिहरुको स्वास्थ्य सामान्य हुँदै गएको प्रहरीले जनाएको छ ।