मंसिरबाट माइक्रो चालकलाई पनि पोशाक

title
सोमवार, कार्तिक १२, २०७५

काठमाडौं । मंसिर १ गतेदेखि माइक्रोबसका चालकले पनि पहिचान हुने गरी पोशाक लगाउनु पर्ने भएको छ । माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम बनाइएको छ । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताउनुभयो ।

‘सुरुमा ट्याक्सीमा यो अभ्यास ग¥यौं, प्रभावकारी भयो त्यसैले उपत्यकाका माइक्रोमा पनि सुरु गर्दै छौं,’ सिटौलाले भन्नुभयो, ‘त्यसपछि विस्तारै देशैभरका सबैखाले सवारीमा चालकको आफ्नै ड्रेस हुन्छ, ट्याक्सीमा जुन गुनासो आएको थियो ड्रेस लगाएपछि कमी हुँदै आएको छ ।’ लामो दूरीका गाडीमा पनि ड्रेसको व्यवस्था गरिने उहाँले बताउनुभयो ।