
मङगोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ ।मंगलबारदेखि शुक्रबारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोवी, डुन्डगोवी र डोर्नोगोवीमा तीव्र हावा र पहेँलो धुलोको आँधी आउने आशंका गरिएको छ । हावाको गति लगभग ६१ किलोमिटर प्रति घण्टा नाघेको मौसम अनुगमन निकायले जनाएको छ ।निकायले सर्वसाधारणहरूलाई सम्भावित प्रकोपविरुद्ध अतिरिक्त सावधानी अपनाउन चेतावनी दिएको छ । मङ्गोलियामा कठोर महाद्वीपीय जलवायु भएकाले वसन्तमा हिउँ पर्ने तीव्र हावा र धुलोसहितको आँधीबेहरी आउने सम्भावना बढी हुन्छ । वातावरण तथा पर्यटन मन्त्रालयका अनुसार हालैका वर्षहरूमा मङ्गोलियामा धुलोसहितको आँधीबेहरीको बढ्दो आवृत्तिको पछाडि जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमिकरण मुख्य कारक हो । मङ्गोलियाको सरकारी तथ्यांकअनुसार मङ्गोलियाको कुल क्षेत्रको करिब ७७ प्रतिशत जमिन मरुभूमिकरण र वातावरणीय विनासको असरबाट प्रभावित छ ।