मनकामनाबाट सत्याको शुभारम्भ

title
मङ्लबार, अशोज १६, २०७५

काठमाडौं । मिलन आलेको निर्देशनमा चलचित्र सत्या निर्माण हुने भएको छ चलचित्रमा नयाँ कलाकारको भीड देखिएको छ । चलचित्र निर्माण युनिटले हालै मनकामना मन्दिरमा शुभ मुहूर्तसँगै सत्याको छायांकन आरम्भ  थालेको छ ।  निर्देशक आलेले यस अघि चलचित्र  ‘लक्ष्य’ फिल्म निर्देशन गरेका थिए ।

धनेश्वर फिल्म एण्ड एभटाईजिङ्गको ब्यानरमा सुमन खत्री, जमुनादेवी कालाखेती र समिर श्रेष्ठको निर्माण रहने फिल्मले समसामयिक कथा वाचन गर्ने निर्देशक आलले बताए । सुमन तण्डुकारले फिल्म खिचिरहेका छन् ।

देब मर्हजनको द्वन्द्व, विकास चौधरीको संगीत रहेको फिल्म ‘सत्या’ मा राज कालाखेती, प्रिया शर्मा, करण सिंह बोहोरा, बर्ष थिङ्ग, समिर श्रेष्ठ, सुमन खत्री, तेजा ऐर, विकास थापालगायतको अभिनय रहनेछ ।