मन्त्रालयमाथि प्रधानमन्त्री कार्यालयको अनुगमन

title
बुधबार, अशोज ३, २०७५

प्रधानमन्त्री तथा मन्त्रिपरिषद को कार्यालयले मन्त्रालयहरुले आफ्नो कार्ययोजनाअनुसार कति काम गरे भन्नेबारे अनुगमन सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयको अनुगमन महाशाखाले मंगलबार अनुगमनका लागि तयार गरिएको सफ्टवेयरमा मन्त्रालयहरुले प्रगति विवरण किन पेस गरेनन् भन्ने शीर्षकमा अनुगमन गरेको हो ।

अनलाई मनिटरिङका लागि प्रधानमन्त्रीको कार्यलयले सफटवेयर बनाएर त्यसमा मन्त्रालयले कार्ययोजनाअनुसार गरेको कामको विवरण अपडेट गर्न भनेको थियो ।

तर, केही मन्त्रालयलार्य सफट्वेयरमा कसरी प्रगति विवरण अपड्ट गर्ने भन्ने अन्योल देखिएकाले सहजीकरणका लागि गएको प्रधानमन्त्री कार्यालयस्थित अनुगमन महाशाखाका सहसचिव यसलाल भुसालले बताए । यो खबर आजको नयाँ पत्रिकामा छ ।