मन्त्री अर्याललाई मातृ शोक

title
मङ्लबार, कार्तिक ६, २०७५

स्याङ्जा । भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याललाई मातृ शोक परेको छ । मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ वालिङ नगरपालिका वडा न १४ स्थित आफ्नै निवासमा निधन भएको हो ।

निमुनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौंमा उपचार गराई रहनु भएकी अर्याललाई केही दिन अघि मात्रै घरमा ल्याइएको थियो । स्वर्गीय तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्वर्गीय अर्यालको आज रामनदी धाम राम्दीमा दाहा संस्कार गरिने पारिवारीक स्रोतले जनाकारी दिएको छ ।