मन्थलीबाट गोठगाउँ जाँदै गरेको टाटासुमो दुर्घटना, २ जनाको मृत्यु

title
आइतवार, कार्तिक ४, २०७५

रामेछाप । सदरमुकाम मन्थलीबाट गोठगाउँ जाँदै गरेको ना १ ज ४८१२ नम्बरको टाटासुमो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

रामेछाप नगरपालिका २ देउरालीको खरानेपाखामा हिजो बेलुकी भएको दुर्घटनामा रामेछाप नगरपालिका १ गोठगाउँका दुर्गाबहादुर कार्की र ललिमाया कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ५ जनाको मन्थली स्थित् तामाकोसी सहकारी अस्पतालमा उपचार भईरहेको छ । प्रहरीका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले घटना लगत्तै उद्धारकर्मी र एम्बुलेन्स परिचालन गरी उद्धार गरिएको जानकारि दिनुभयो ।