मलामी सवार जीप दुर्घटना, १३ घाइते

title
मङ्लबार, अशोज १६, २०७५

अर्घाखाँची । अर्घाखाँचीमा आज बिहान जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर छ ।

मालारानीका ८८ वर्षीय ज्ञानधर पुनको निधनपछि अन्तिम दाहसंस्कारका निम्ति नवलपरासी त्रिवेणी पुगेर फर्कंदा लु १ ज २३६९ नम्बरको जीप दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।