मलेसियामा कामदारको पारिश्रमिक बृद्धि हुने

title
शुक्रबार, साउन ४, २०७५

मलेसिया । मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पुर्ण स्वदेशी र विदेशी कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गर्ने तयारी गरेको छ ।

जसले कामदारहरुको पारिश्रमिक बृद्धिसम्बन्धी नीतिथत प्रस्ताव छिट्टै नै छलफलमाका लागि संसदमा लग्ने भएको छ ।

मानव संसाधनमन्त्री एम कुलासेगरनले निजी क्षेत्रका सम्पुर्ण कामदारको मासिक न्युनतम पारिश्रमिक १५ सय रिंगिट पुर्याउनेबारे प्रस्ताव छिट्टै संसदमा लगिने बताएका छन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।