मलेसियामा रोजगारी चाँडै खुल्दै, १२ गते हस्ताक्षर हुने

title
बुधबार, कार्तिक ७, २०७५

काठमाडौं । जेठदेखि प्रतिबन्ध लगाइएको मलेसियामा रोजगारी खुलाउन दुई देशबिच कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ ।

मलसियाका मानव संसााधन मन्त्री एम कुलासेगरन र श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले समझदारीपत्रमाम हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

श्रम,रोजगारतथा समाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले अक्टोवर २८ मा मलेसियाका मानव संसाधन मन्त्री नेपाल आउने र सम्झौतापत्रमा हस्ताक्षर हुने जानकारी दिनुभयो ।