मलेसियामा २ नेपालीको मृत्यु

title
शुक्रबार, पुस १३, २०७५

काठमाडौं । नवलपरासीबाट मलेसियामा काम गर्न गएका २ नेपाली युवाको एकै दिन मृत्यु भएको छ । गैडाकोट नगरपालिका–१२ का हर्कपुर निवासी हरिलाल गोतामे र हुप्सेकोट गाउँपालिका–५ का सोमबहादुर घर्तीको सोमबार निधन भएको हो ।
सुरक्षित आप्रवासन नवलपरासीकी कार्यक्रम अधिकृत रञ्जना लम्सालका अनुसार गोतमेको कोठमामै सुतेको अवस्थामा मृत्यु भएको हो भने, घर्तीले आफ्नै कोठामा पासो लगाएर आत्महत्या गरेका हुन । गोतमेको आउँदा शनिबार र घर्तीको सोमबार शव नेपाल आउने बताइएको छ ।
पछिल्लो १० वर्षमा झण्डै ३९ लाख नेपाली कामको खोजिमा विदेशिएका छन् । ती मध्ये झन्डै ६ हजार ९ सयभन्दा बढीको मृत्यु विदेशमै भएको तथ्याङक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डसँग छ ।