मस्जिदमा आतंकवादी हमला भएपछि न्युजिल्याण्ड र बंगलादेशबीचको टेष्ट रद्द

title
शुक्रबार, चैत्र १, २०७५

ऐजेन्सी, न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा आतंकवादी हमला भएपछि न्युजिल्याण्ड र बंगलादेशबीच शनिबार हुने तेस्रो टेष्ट क्रिकेट रद्द भएको छ । बंगलादेश र न्युजिल्याण्डबीचको तेस्रो टेष्ट हुने स्थान क्राइस्टचर्चमा हमला भएपछि दुवै बोर्डले खेल रद्द गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई आईसीसीले समेत मान्यता दिएको छ । शुक्रबार पार्थना भईरहेको समयमा बन्दुकधारीले अल नूर मस्जिद र लिनवुड मस्जिदमा आक्रमण गरेका थिए । आक्रमणमा ४० जनाको मृत्यु र धेरै मानिस घाइते भएको बताईएको छ । आक्रमणबाट खेलाडीहरु भने जोगिएका छन् । आक्रमण हुँदा खेलाडीहरु अभ्यासको लागि मैदान जाने तयारी गरिरहेका थिए ।