महंगीयो चाडपर्व

title
बिहिबार, कार्तिक २२, २०७५

काठमाडौं । मुलुकको सबै बस्तु तथा सेवा क्षेत्रको बजार अस्थिर छ । सरकारले बजारमा अनुशासन कायम गर्न नसक्दा सामान्य नागरिकका लागि बजारको अस्तव्यस्त मुल्यले हरेक चाडपर्व खल्लो बनाइरहेको छ ।

अहिले बजारमा भाई मसला, फलफुल तथा गुलियो पदार्थको कारोवार अत्याधीक भइरहेको छ । तर गत बर्षको तुलनामा यो बर्ष यी उपभोग्य सामाग्रीको मुल्य २५ देखि ३५ प्रतिशत सम्म महंगिएको छ ।

उपभोक्ताको अनुभवमा भाईमसलाको मुल्य सबैभन्दा बढी अस्थिर छ । जसले सर्वसाधारणको तिहारलाइ महंगो बनाएको छ । तिहारलाई सर्वसाधारणको खर्च क्षमता अनुकुलको बनाउन बजार अनुगमन महत्वपूर्ण हुन्छ ।

तर अनुगमनमा खटिने जिम्मेवार निकायका पदाधीकारी, बजार अनुगमन प्रभावकारी बनाउन नसकेको तर्क गर्छन् । बजारको बेथिति, चाडपर्वमा देखिने सामान्य समस्या हो ।

जुन मौषममा बिचौलीयाको बिगबिगि हुन्छ र कालोबजारी गरेर सर्वसाधारण उपभोक्तालाई ठग्नेहरु बढी सक्रिय रहन्छन् । तर जिम्मेवार अधिकारीहरु मुलुक संघियतामा गएपछि कानुनी तथा निती अन्यौल श्रृजना भएको र भन्दै काम गर्न नसकेको जीकीर गर्छन् ।

यही बेथिति नियन्त्रणका लागि क्रियाशील रहनुपर्ने संयन्त्र नीतिगत् अन्यौलमा अलमलिंदा बजार थप समस्याग्रस्त बनेको हो ।