महजोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’

title
मङ्लबार, कार्तिक २७, २०७५

काठमाडौं । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरिएको छ ।

सर्वमान्य नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर मह जोडीलाई उक्त पदकबाट सम्मान गरिएको हो । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएकोमा महजोडीलाई ‘जनआन्दोलन स्वर्ण पदक’ दिएको हो ।

उपराष्ट्रपति नन्द बहादुर पुनले मह जोडीलाई जनआन्दोलन स्वर्ण पदक प्रदान गर्दै उनीहरुले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको खुलेर प्रशंशा गरे । राजधानीको शान्ति बाटिकामा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले महजोडीलाई सम्मान गरेका थिए ।