महाकालीमा बगेर एक बालक बेपत्ता

title
बुधबार, साउन १६, २०७५

डडेल्धुरा । डडेल्धुराको भित्री मधेसमा पर्ने महाकाली नदीले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।

जिल्लाको परशुराम नगरपालिका–५ परिगाँउका ११ वर्षीय प्रवेश सिंह मंगबार साँझ ५ः३० महाकालीमा बगेर बेपत्ता भएका हुन् ।

बाख्रा चराउन गएका बेला पानी पिउन नदी छेउँमा जाँदा उनी ढुंगाबाट चिप्लेर महाकालीमा बगेका हुन् ।

प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक इश्वरीदत्त पाण्डेयले जानकारी दिए ।