महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष महरले दिए राजीनामा

title
सोमवार, माघ २८, २०७५

काठमाडौँ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनु भएको छ । आफ्नो कार्यकालको थप गरिएको पछिल्लो समयावधि पनि सकिएको उल्लेख गर्दै नेविसंघका अध्यक्ष महरले सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन । नेविसंघको १२ औं महाधिवेशन सम्पन्न गर्न सहयोग गर्नुको साटो पार्टीका नेताहरुबीच नै खिचातानी हुन लागेपछि आफूले पदबाट राजीनामा दिएको पनि अध्यक्ष महरले जानकारी दिनु भयो ।

सोमबार सभापति देउवालाई राजीनामा बुझाउनु अघि उहाँले पत्रकार सम्मेलन गरी समयावधि सकिएकाले आफूले पदबाट राजीनामा दिएको स्पष्ट पार्नु भयो । उहाँले आफूले राजीनामा दिएपछि संघको १२ औं महाधिवेशन सम्पन्न गराउन पार्टी नेतृत्वलाई सहज हुने विश्वास पनि व्यक्त गर्नु भयो ।

गत भदौमा महर नेतृत्वको नेविसंघको कार्यकाल सकिएको थियो । त्यसपछि थप गरिएको समय पनि माघ २ गते सकिएपछि सभापति महरले वैधानिकतामाथि प्रश्न उठने भन्दै पदबाट राजीनामा दिनु भएको हो । उहाँले राजीनामा दिने क्रममा स्ववियू निर्वाचनमा संघलाई पहिलो स्थानमा पु¥याएको, राष्ट्रियता सम्बन्धि आन्दोलनलाई नेतृत्व दिएको लगायतका आफ्ना कार्यकालको मुख्य उपलब्धि रहेको पनि बताउनु भयो ।

काँगे्रेस भित्र नेविसंघको महाधिवेशनको मिति तय गर्ने विषयमा पनि विवाद छ । सोही विवादका कारण संघको १२ औं महाधिवेशन अझै पनि अन्यौलमा रहेको छ । अध्यक्ष महरमाथि सो महाधिवेशन समयमै सम्पन्न नगरेको आरोप लाग्दै आएको थियो ।