महानगरका अरवौंका योजना अलपत्र

title
मङ्लबार, पुस २४, २०७५

अञ्जना लामिछाने ।

काठमाडौं महानगरपालिकाले तयार पारेको अरवौंका पूर्वाधार आयोजना बर्षौंदेखि अलपत्र छन् । अघि सारिएका योजना अलपत्र छाडेर महानगरपालीको प्रमुख निर्वार्चित् विद्यासुन्दर शाक्यले यही बीचमा थप दुई सय महत्वाकांक्षी योजना अघि सारेका छन् । तर चुनाव जितेको डेढ बर्ष बित्दा न नयां योजना न पुराना योजना कुनै पनि योजना कार्यान्वयनमा आएका छैनन् । त्यसोत, काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४र७५ मा कार्यान्वयन गर्ने भन्दै २०७४ साल मै १८ वटा शीर्षकमा १८७ वटा नीति तथा कार्यक्रम अघि सारेको थियो ।

सार्वजनिक गरिएका कतिपय योजना स्थानीय निर्वाचन भएको १०० दिन भित्र सुरु गर्ने नगरप्रमुख बिद्यासुन्दर शाक्यको प्रतिबद्धता शिर्षक भित्रैका हुन् । तर शाक्यले चुनाव जितेको दुई बर्ष पुग्नै लाग्दा समेत सय दिन भित्र कार्यान्वयन गर्ने भनिएका योजनाको बिस्तृत अध्यनसम्म भएका छैनन् । योजना तथा पूर्वाधारविद्हरु भन्छन्– यो गृहकार्य नगरि नयां योजनाहरु धमाधम थप्ने तर पुराना योजनाका लागि भएका अध्यन र लगानी बेवास्ता गर्ने प्रबृतिको परिणाम हो ।

महानगरपालीकाका अधिकारीहरु कागजी योजना मै रमाउने गरे कै कारण ३ बर्षमा सक्ने भनिएको काष्ठमाण्डप पुननिर्माण अड्कीएको छ । रानीपोखरी पुनर्निर्माण विवादमा तानिएको छ । पाँच वर्षभित्र गुडाउने भनिएको मनोरेलको डिपिआर सम्म बनेको छैन । लैनचौरमा बनाउने भनिएको भुमिगतपार्किङ र न्युरोडमा बनाउन लागिएको लिफ्ट पार्किङको योजना कागज मै अड्कीएको छ । उपत्यकाका विभिन्न १२ स्थानमा आकाशे पुल बनाउन बिनियोजन भएको १२ करोड खर्च भएको छैन ।

काठमाडौ उपत्यकालाई स्मार्ट सिटि बनाउने र शहरलाई विद्युतीय मोटर कुदाउने नगरप्रमुख शाक्यको योजना स्वयं निर्वाचीत् जनप्रतिनिधिले बिर्सिएका छन् । उपत्यकाका विभिन्न स्थानमा ई ट्वाईलेट, स्मार्ट पार्कीङ, बधशाला निमार्ण, फोहोर व्यवस्थापन जस्तै दर्जनौं योजनाका लागि बजेट बढाई रहेको महानगरले यो बर्ष नै १३ अर्व २ करोड ३७ रुपैंया बजेट खर्च गरिरहेको छ । तर बजेट बढेपनि नागरिकको चासो र सरोकार रहने अधिकांश योजनाको बिस्तृत अध्यनसम्म भएका छैनन् ।